चितवन मेडिकल कलेज भरतपुरमा ७ बर्षकी बालिकाको मुटुको जटिल अप्रेसन सफल भएको छ । तनहुँ जिल्ला घिरिङ्ग गाउपालिका वडा नं. २ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ बस्ने धनकुमार थापा बिना थापाकी ७ बर्षकी छोरी खुसी थापाको मेडिकल कलेजमा मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
सास फेर्न गाह्रो हुने वेला वेलामा ढल्ने समान्यतया अरु बच्चाहरु भन्दा फरक भएकोले निज बच्चालाई १७ महिनाको हँुदा काठमाण्डौको शहिद गंगालाल अस्पतलामा चेक जाँच गर्ने क्रममा जन्म जात मुटु सम्बन्धी रोग भएको पुष्टि भएको बालिकाको सफल शल्यक्रिया गरिएको हो ।
सामान्यतया मानिसको धड्कन ६० भन्दा माथि हुनु पर्नेमा सो बालिकामा धड्कन ३० देखि ३२ मात्र थियो जसले गर्दा बालिकालाई चितवन मेडिकल कलेजमा उपचारको लागि मंसिर २० गते भर्ना गराईएको थियो । उपचारको क्रममा चिकित्सकहरुले विरामी बालिकालाई मंसिर २२ गते शल्यक्रिया गरिएको थियो ।
मेडिकल कलेजमा ती बालिकाको प्रा. डा. श्याम राज रेग्मीको नेतृत्वमा डा. सुधिर रेग्मी, डा. विष्णुमणि धिताल, सर्जन डा. सुरज भट्टराई, रेडियोलोजि डा. विज्ञान पौडेल, एनेस्थेसियोलोजी डा. भारती शर्मा रेग्मी र क्याथ ल्याब प्रमुख अमृत काफ्लेको संग्लनमा शल्यक्रिया सम्पन्न भएको थियो । हाल बच्चाको स्वास्थ्य सुधारउन्मुख रहेको समेत अस्पतालले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्