‘अमेरिकी सरकारले एलियनसँग मिलेर काम गरिरहेको छ’

काठमाडौं । इजरायलका पूर्व अन्तरिक्ष सुरक्षा प्रमुखले ब्रमाण्डमा एलियनको अस्तित्व रहेको बताएका छन् । उनले एक अन्तरवार्तामा वास्तवमै एलियन रहेको र अमेरिका र इजरायलले उनीहरुसँग गुप्त रुपमा काम गरिरहेको बताएका छन् ।

पूर्व जनरल हेम अशिदले इजरायली पत्रिकालाई अन्तरवार्ता दिँदै इजरायल र अमेरिका लामो समयदेखि एलियनसँग काम गरिहेका छन् । तर मानवता तयार नभएको कारण उक्त कुरा रहस्य रहेको पनि उनले बताए । ८७ वर्षिय अशिदले एलियन र अमेरिकाबीच एक ‘गेलेक्टिक फेडेरेशन’ रहेको तथा मंगल ग्रहमा भूमिगत आधार शिविर रहेको र त्यहीबाट अमेरिका र एलियनले साथमा काम गर्ने दावी गरेका छन् ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको बारेमा खुलासा गर्न लागेको तर गेलेक्टिक फेडेरेशनमा एलियनले मानिस अन्तरिक्ष र एलियन के हो भनेर जान्न तयार नभएकाले रोकेको पनि बताएका छन् ।

उनका अनुसार एलियनले जबसम्म मानिसहरु शान्तीसँग रहदैनन् तबसम्म आफ्नो अस्तित्व गोप्य राख्न सम्झौता गरेका छन् । उनले भने, ‘अमेरिकी सरकार र एलियनबीच एक सम्झौता रहेको छ । उनीहरुपनि खोज गरिरहेका छन् र ब्रमाण्डको बारेमा जानकारी हासिल गर्ने कोशिशमा लागेका छन् । उनीहरु हामीलाई सहयोगीको रुपमा चाहन्छन् ।’