महानगरीय प्रहरी प्रमुख एआईजी पालले सम्हाले कार्यभार

काठमाडौं । महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले कार्यभार सम्हालेका छन् । बिहीबारबाट एआईजी पालले कार्यभार सम्हालेका हुन् । मंसिर २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई काठमाडौं उपत्यकाको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी कार्यालयमा सरुवा गरेको थियो ।

मन्त्रिपरिषद्को सो बैठकले विश्वराज पोखरेलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेर प्रहरी प्रधान कार्यलय स्थित अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको थियो । पालले पदभार सम्हालेसँगै महानगरीय प्रहरी कार्यालयमा कार्यरत विश्वराज पोखरेलको बिदाई गरिएको छ । एआईजी पाल यसअघि अपराध अनुसन्धान विभागमा कार्यरत थिए । प्रहरी भित्र उनि कुशल र निडर स्वभावका कमाण्डर मानिन्छन् ।