अपरान्ह ४ बजे संसद सचिवालयमा पत्रकार सम्मेलन गरि कृषि मन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेश भट्टराईले राजीनामा दिए। उनीहरुसँगै उर्जामन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, बन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रम मन्त्री रामेश्वर रायले पनि राजीनामा दिए।
संसदको कृषि समितिको हलबाट राजीनामा दिएर आएलगत्तै उनीहरुले सरकारी गाडी चढेनन्। भुसाल र भट्टराई दुवैले एउटै निजी गाडी चढेर बालुवाटार स्थायी कमिटी बैठकमा भाग लिन गए। दुवैले सोमबार मन्त्रि क्वार्टर पुल्चोक छोड्ने उनीहरु निकट स्रोतले जानकारी दिएको छ। कोठा पाएसम्म भोलि साँझसम्म पुल्चोक छोड्ने उनीहरुको तयारी छ।
तपाईको प्रतिक्रिया दिनुहोस्