सीता दाहालको उपचारका लागि प्रचण्ड भोलि भारत जाँदै

काठमाडौं, १९ पुष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि सोमबार भारत जानुहुने भएको छ।केहिदिन अघिबाट स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना हुनुभएकी श्रीमती सीताको थप उपचारका लागि भारत लाने तयारी भइरहेको आइतबार जानकारी दिइएको छ । आइतबार बसेको प्रचण्ड-नेपाल समुहको बैठकमा प्रचण्डले सोमबार भारत जानुपर्ने भएकाले आफू सोमबारको स्थायी कमिटी बैठकमा उपस्थित हुन नपाउने जानकारी गराउनु भएको थियो ।

सीताले पार्किन्सनँग लक्षण मिल्ने एक जटिल रोगको सामना गरिरहनु भएको छ । उहाँको अहिले ललितपुरस्थित मेडिसीटी अस्पतालमा उपचार भइरहेको छ । सीता दाहाललालई यसअघि पनि भारत, सिंगापुर र अमेरिका उपचारका लागि लगिएको थियो ।