सिरहामा प्रधानमन्त्री ओलीको पक्षमा देखियो जनलहर

काठमाडौं, पुष २०, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अनौपचारिक विभाजनपछि सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा जनलहर देखिएको छ । ओली पक्षले चोहर्वामा आज जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

भेलालाई उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नुहुनेछ । यसैगरी, पुर्ब मन्त्री रघुवीर महासेठ, शहरी बिकास मन्त्री प्रभु साह र कानुनमन्त्री लिलानाथ श्रेष्ठ लगायतले सो भेलालाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।