ईश्वरको प्रचण्डलाई सुझाव– सीताको उपचारका नाममा भारतीय सहयोग माग्नतिर नलाग्नुहोला

काठमाडौं । उपप्रधानमान्त्रीसमेत रहेका सत्तारुढ नेकपा (ओली समूह)का नेता ईश्वर पोखरेलले पत्नी सीताको उपचारका लागि भारत गएको बेला भारतीय सहयोग माग्नतिर नलाग्न नेकपा (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

प्रचण्डले पत्नी सीतालाई उपचारका लागि सोमबार बुम्बई लगेको दिन ईश्वर पोखरेलले सामाजिक सञ्जालमा टिप्पणी गर्दै तिखो व्याङ्ग्य गरेका हुन् । लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा थप जटिलता आएपछि मेडिसिटि हस्पिटलमा भर्ना गरिएको थियो । तर, प्रचण्डको परिवारले सीताको थप उपचारका लागि भन्दै आज मुम्बई लगेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सीताको स्वास्थ्य लाभको कामना गर्दै भनेका छन्, ‘हालै भारतीय सञ्चार माध्यमहरुले ‘प्रचण्डले नेपालमा देखा परेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेकपाभित्र देखा परेको समस्या समाधानका लागि भारतसँग सहयोग माग गरे’ भन्ने समाचारसित जोडिएर सीताजीको उपचारमा कहींकतै अलमल नहोस् भन्ने सुझाव दिन चाहान्छु ।