पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ बढाएकाे छ । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बढाएको हो।सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ। हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।

मूल्य समायोजन पश्चात पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३४ पैसा र डिजलमा २ रुपैयाँ ९६ पैसा नोक्सान रहेको निगमको भनाइ छ। त्यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर १३४ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। अर्धमासिक रुपमा करिब ४९ करोड घाटा हुने निगमको अनुमान छ। नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो।