हेड सर काे अनुभूति

-चिन्ताराम शर्मा, नेपालमा सरकारी बिद्यालयकाे स्थापनासंगै बिद्यालय संचालन, ब्यबस्थापन, पठनपाठन संचालन ,तालुक कार्यालय, बि ब्य स, अभिभावक तथा सराेकारवालासंग बिद्यालयकाे गतिबिधि बारे सूचना प्रवाह गर्नु, अाबश्यक तथ्याङक उपलब्ध गराउनु साथै नियमित बिद्यालयमा पठन पाठन संचालन गर्नु गराउनु मुख्य जिम्मेवारी हेड सरकाे हाे ।

शिक्षक,कर्मचारीसंग समन्वयगरी बिद्यालयकाे काममा नियमानुसार परिचालन गर्नुपर्ने हुन्छ साथै बिद्यार्थीलाइ पनि बिद्यालयकाे नियमानुसार अनुशासन कायम गरि पठन पाठनमा संलग्न बनाउनु पर्छ सधै बिद्यालयमा राम्राे सिकाइ सहज वातावरण राख्न हेडसर सक्रिय रहन अाबश्यक छ। बिद्यालयकाे भाैतिक, अार्थिक, शैक्षिक लगायत बिबिधकार्यलाइ ब्यबस्थित गर्न हेड सर नै लाग्नु पर्ने हुन्छ।बि ब्य स, शि अ स ,शिक्षक स्टाफ , बिद्यारथीका बाल कलब, जुरेस, अभिभावक भेला अादि संचालन गरि बिद्यालयकाे हितकाेलागी निश्कर्षमा पुगी सहभागितामूलक वातावरण सिर्जन गरि कार्यान्वयन गर्नु पर्छ ।हेड सरलाइ सहयाेग गर्न, शिक्षक, बिद्यालय कर्मचारी,शि अं श, बि ब्य स, शिक्षा युबा तथा खेलकुद शाखा हुँदै शिक्षा मन्त्रालय सम्मकाे ब्यबस्था छ ।

 

संघीय /स्थानीय सरकारले गरेका निर्णय ,निर्देशन पालना र कार्यान्वयन गर्ने गराउने मुख्य जिम्मेवारी हेड सरलाई नै बनाइएकाे छ। बिद्यालयमा पठन- पाठन ब्यबस्थापन, सरकारी/गैर सरकारी संघ, संस्था,शिक्षक, बि ब्य स अभिभाबक बिथ्यार्थी र तालुक अड्डा संग समन्वय गरी बिद्यालयकाे चाैतर्फि बिकासकाे अगुवाइ गर्नु राम्राे हेड सरकाे मूल काम हाे ।

यसका साथै दरबन्दी अभाबका कारण कक्षा लिनु पर्ने हुन्छ हेड सर दक्ष.सक्षम र प्रभाबकारि भएकाे खण्डमा बिद्यालयकाे अबस्था राम्राे र प्रभाबकारि हुने कुरा शिक्षा बिद लगायत सबैकाे धारण पाईन्छ। तर हाम्राे देशमा सबै बिद्यालय एकै अबस्थामा नभएकाे कुरा सत्य हाे सबैतवरले सम्पन्न बिद्यालयमा हेड सरकाे भूमिका राम्राे र प्रभावकारि सिकाई वातावरण सिर्जन भएकाे छ तर हाम्राे देशका अधिकांश बिद्यलय साेचे अनुरुप ब्यबस्थित छैनान ।शिक्षक दरबन्दी,भाैतिक पुर्भाधार, शैक्षिक अबस्था,बालमैत्री वातावरण ,सराेकारवालाकाे भूमिका र जिम्मेवारी पालना, अभिभाबककाे चेतनस्तरमा फरक छ अनि सबै बिद्यालयमा एकैखालकाे शैक्षिक अबस्था नभएकाे यथार्थ हाे ।

सबै काम बिद्यालयका हेडसरले मात्र गरेर , नहुने ब्यबस्था प्रस्ट हुन्छा बिद्यालयकाे चाैतर्फि बिकास हुन सबैपक्षकाे समकाेणात्मक सहयाेग हुन अति अाबश्यकछ।बिद्यालय काे भाैतिक, शैक्षिक,अार्थिक बिकास र ब्यबस्थापनकाे लागि पनि हेड सरले नै अगुवाई गर्नु निर्बिबाद छ । मानिसका स्वभाबत बानि ,ब्यबहारअा अफ्न फरक फरक हुन्छन कतैत हेड सरले न्यायाधिस,शिक्षक, लेखापाल, कार्यालय सहयाेगी समेत अाफै बन्ने अबस्था पनि पाईन्छ हुनत हेड सर काे सक्षम क्षमताकाे अभाब, नेतृत्व सिपकाे कमी, समन्वयतात्मक भुमिकाकाे अभाब,सबैलाइ परिचालन ,समन्वयगर्ने क्षमताकाे कमीले पनि यस्ताे हुन सक्छ ।पछेल्लाे समयमा बिद्यालय र अभिभावककाे सबन्धमा पनि सुस्ती अाएकाे पाईन्छ ।

हेड सरसंग शिक्षकपनि अलि टाडिने बि ब्य स पनि बिद्यालय राम्राेसंग सञ्चालन नभयमा हेड सर यस्ताे भयन, तपाईले सक्नु भयन, शिक्षा शाखा पनि हेड सर यस्ताे भएन, पढाइ नभएमा विद्यार्थी पनि हाम्राे पढाइ भएन, शिक्षकले पनि हेड सर मलाई नियमित कक्षा लिनु पर्ने बढि पिरियडअन्याय भयाे, अभिभाबकले पनि मेराे छाेरा/छाेरीलेकेहि जानेन यस्तै यस्तैभनाइका समस्याले हेड सर थेच्चि रहेकाे पाईन्छ ।

यस्तै बिद्यलयमा दिनहु नया नया समस्या र अाबश्यक्ताले हेड सर पिराेली रहेकाे पाईन्छ ।हेड सरले बिद्यालयका समस्या समाधान तथा निर्माण कार्यका लागि अाफैले स्थानीय/प्रदेश/संघीय सरकारसंग प्रस्ताबहरु पेस गरेकै हुन्छ तर सबै बिद्यालयका ती प्रस्ताब (याेजना)मुखले ठिकछन भन्नेअाश्वासन पाय पनि स्वीकृत हुदैनान सबै बिद्यालयका हेड सर राजनैतिक पहूच राम्राे भएका पनि हुदैनान ।

तेसैले सबैले बिद्यालय राम्राे बनाउछु भनेर पनि कम संभाबना भएकाे पाईन्छ ।बिद्यालयका सिकाइभन्दापनि अन्य समस्याले नया सिर्जनात्मक काम गर्न समय हुदैन कतै हेड सरलाई कसरी असफल बनाउने भनेर भित्री गिराेह तयार समेत भयकाे पाईन्छ ।तेस्ताे अबस्थाले बालबालिका बिग्रिने, समाज पछि पर्ने कुराकाे लेखा जाेखा गरिदैन ।तत्कालकाे नाफा घाटाकाे हिसाब राखेकाे पाईन्छ तर भबिष्यकाे ख्याल गरेकाे पाईदैन बिद्यालय तेहि हेड सरकाेमात्र हाे झै सम्झने गरेकाे देखिन्छ ।बिद्यालयकाे बास्तबिक अबस्था हेरेर विश्लेषण, भयकाे अाबश्यकता पहिचान, थप क्रियाकलापकाेसिर्जना गर्न सबै स्वार्थका भावना त्यागेर निस्वार्थ, समर्पणकाे भावना राखेर सकेसम्म अाफ्नाे जिम्माकाे भूमिका निर्बाह गर्ने अबस्था सिर्जना गर्न सकियाे भन्याे सुधार हुन सक्ला नत्र भने यस्ताे परिस्थितीले गरिने ठूलाे अास ,अाशामामात्र सिमित हुन सक्छ ।अाफ्नाे र अर्काकाे भाबना रहेसम्म हेड सर बिचरा मात्रभै रहने छन ।

बि ब्य स, स्थानीय सरकार, राजनैतिकदलका अाफ्न संकुचित स्वार्थ र हेर्ने दृष्टीकाेण,शिक्षक कर्मचारीकाे गुट उपगुट चला यमान रहिरहे सम्म एकलाे हेड सरकाे याेजना याेजनामै सिमित रहन्छ । तेसैले सबैकाे भूमिका किटानछ सबैले अा अाफ्नाे भूमिका सतप्रतिसत पूरा गरि जवाफदेहि बन्न सक्ने वातावरण सिर्जना हुन सकेमा मात्र बिद्यार्थीकाेरुची , अभिभावककाे चाहाना, सरकारकाे उद्देश्य अनुरुप बिद्यालय बन्न सक्नेछन ा हेड सर भएकाे एक महिना नबित्दै मातिने हेड सर, नियुक्ती हुदाहुदै कुर्लने शिक्षक, भर्ना भएकाे २ दिनपछि बिद्यालयकाे निर्णयलाई नमान्य विद्यार्थी,बर्षाैसम्म नया निर्माण, याेजनाकाे लागि वास्ता नगर्ने सरकार बि ब्य स गठन हुदाहुदै शिक्षक कर्माचारीलाई दमनकाे अाैजार खाेज्ने बि ब्य स, अाफ्नाे बालबालिकाे पढाइकाे अबस्थाकाे रेखदेख नगर्ने अभिभाबकमा सकारात्मक साेचले परिबर्तन न भए सम्म बिद्यालय असल सिकाइकाे थलाे बन्न सक्दैन ।

भनिन्छ अाजका बालबालिका भाेली देशका खम्बा , कर्णहुधार, देशकाे सबै जिम्मेवारी यिनकै हात जान्छ देश चलाउने जनशक्ति यिनै अाजका बालबालिका हुन यति हुदाहुदै पनि अाज हामी(सराेकार वाला) सबैले किन निस्वार्थ साेच्न सक्दाैनाै ा जाहाँ जे भैराखेकाेछ केटाकेटीहुदा चाेट लाग्दा “बाहिर बाहिर सुईजा भित्र भित्र कुईजा फू मन्त्र काे बाचा”भन्ने अबस्था निराकरण भै जिम्मेवारी र भूमिका निर्बाह गर्ने अबस्थाकाे सिर्जन कसले, कहिले, कसरी गर्ने याे अनुसन्धानकाे बिषय बनेकाे छ ।

हाम्राे बानी कस्ताे ?केही बिद्यालय राम्राहुदैमा हामी अाहा भनेर कुर्लने र सन्ताेष लिने तर देशका कुन ,कुन्दरा र दुरदराजका बिद्यालयकाे अबस्थासंग कसले मितेरी लगाउने ,कसले अगुवाइ र थप ब्यबस्थापन गर्ने।यस सम्बन्धमा साेच्न अाबश्यक छ।शैक्षिक परिबर्तन र ब्यबस्थापन हुन नसके सम्म समाज परिबर्तन, देश समृद्दिकाे कल्पन असंभबछ तेसैले हाम्रा गतिबिधि भनसुनकाे भरमा, पुरानै चिन्तनमा, मेराे मानिस, कै रबैया यथाबत रहेसम्म अाबश्यकतामा अाधारित जनशक्ति उत्पादनकाे नारा र उद्येश्य नराखेकै जाती याे त” बिना पानीकाे तलाउमा पाैडी खेलेझै हाे”।यस्ताे धमिलाे अबस्थामा निरह हेडसरले केही पनि गर्न सक्दैन मात्र दिनचार्य बन्छ तेसैले बिद्यालय भाैतिक निर्माण मजबुद, हेडसर , शिक्षक छनाैट, बि ब्यस गठन लाई निशपक्ष गराै अधिकार, काम कर्तब्यकाे सुनिश्तता गरि कार्यन्वयन गराै।

ऐन कानुलाई बलियाे ,अाबश्यक्तामा अाधारित समतामूलक बनाँउ वल्नघरकाे र पल्न घरकाेलाइ फरक ढंगले हेर्ने अबस्था न राखैा ।नीति,ऐन, नियमावली, अाचारसहिता बलियाे बनाइ मनैदेखि पालना गराै , सबै कुरालाई ख्याल नसम्झाै, यस्तै चल्छ नभनाैं बालबालिका हाम्रा अाफ्नै सम्झाै सबैले अाफ्नाे सक्कल भूमिका निर्बाह गराै ।अन्य देशमा भएकाे शैक्षिक बिकासलाई मनन गराै।शिक्षक,कर्मचारीकाे मनाेबल, अभिभाबककाे चेतना बिस्तार,प्र अ लाई स्वतन्त्ररुपले शिक्षा ऐन, नियमावली अनुसार काम गर्ने वातावरण सिर्जन गराै ।

सत्य केहाे त्यसकाे अाधारमा मूल्याङ्कन गराैं बिराेधका लागि बिराेध नगराै रचनात्मक बिराेध गर्न सिकाै। जसबाट बिद्यालयमा सकारात्मक परिबर्तन अाउन सकाेस, संकिर्ण नबनाै विशाल र उदार साेच राखाै । सधै हेड सरलाइ बिचरा हेड सर नबनाऊँ ।ब्यक्तीगत मनमुटावका कुरा ब्यक्ती संगै साटाैं तर अबाेध बालबालिकासंग नगासाै । ती बालबालिका हामी सबैका हुन उनकाे उज्वल भबिष्यकाे लागी साछीमात्र बस्ने काम नगरी सबै जिम्मेवार बनाैं। यसैले प्रधानाध्यापककाे क्षमतामा बिकास गराै हैन भने छुट्टैक्षेत्रबाट प्रशासनिक रुपमा काम गर्न हेडसर छान्ने ब्यबस्था गराै जसबाट शिक्षककाे रेखदेख,बिद्यालयकाे ब्यबस्थापन, पठन पाठन सुचारुकाेलागीमात्र याेजना निर्माण गरि कार्यान्वयन गर्न सकियाेस र तत्काल दण्ड सजायकाे ब्यबस्था हुन सकाेस, शिक्षकबाटै भएकाे प्रधानाध्यापकबाट सबै काम गर्न असंभब छ।

हैनभने थप अधिकार दिउ,कित बिद्यालयमा भएका सबै शिक्षकलाइ १/१ बर्षमा पालाे सिस्टमबाट हेडसर बनाउने ब्यबस्था गरेमा पनि सुधार हुन सक्छ सबैकाे पालाे अाउने भएकाेले सबै हाेसियार बन्ने प्र्यास हुनेछ , यात बि ब्य स अध्यक्षलाइ तलबकाे ब्यबस्थागरी दैनिक स्कुल समयमा बिद्यालयमा रहने ब्यबस्था गरिनु पर्छ साथै ५ वटा सम्म बिद्यालय अनुगमन गर्नेगरी अनुगमनकर्ताकाे ब्यबस्था गरिनु पर्छ। एक हप्तामा न्युनतम बिद्यालय १ पटक अनुगमन हुन सकाेस र तत्काल कमजाेरी हुने सराेकारवालाले तत्तकाल पृषठपाेषण प्राप्तगरी कार्यान्वयन गर्न सकाेस। यात बिद्यालयका सबै अधिकतम पूर्बाधार,अाबश्यक शिक्षक दरबन्दी निश्चित अभिभाबक र क्षेत्र, भूगाेल ताेकेरमात्र बिद्यालय संचालन गर्ने ब्यबस्था गरियाेस हचुवा तालमा बिद्यालय स्थापना भयर पनि बिद्यलय समस्याकाे भकारी बनेकाछन ।

बिद्यालयमा शिक्षककाे नियुक्ती विभिन्न थरिबाट हुनु जस्ताे स्थाइ, अस्थाइ, राहत, अनुदान, स्वयंस्यबक र बालबिकस सहजकर्ता, बिद्यालयका कर्मचारीकाे न्यून अनुदान ले पनि हेडसरलाइ सकारात्मक काममा कठिनाइ गराएकाेछ। दरबन्दी सिर्जन गरि अाबश्यक तलबभत्ता भएकाे खण्डमा सहज हुनेछ ।एउटा सुन्तलाकाे बुटाले फल दिदा,१ बाेरा अनाज बडि फल्दा हामी सबै मख्ख पर्छाैं तर हाम्रा बालबलिकाकाे स्थिती केहाे?

जानी जानी बुझ पचाएर चुप छाैं बालबालिकाकाे लागि के हामी सबै जिम्मेवार हाेईनाैर? अझै पनि हामी सबै पूरानै गतिबिधीमा छाै अबका बालबालिका धेरै अगाडि छन हामी सबै सराेकारवाला हिजाे अस्तीकै छाैं अनि हामीले गरेकाे अाश र हाम्रा बालबालिकाकाे गन्तव्य काहा हाे?यश सम्बन्धमा प्र अ, शिक्षक, बि ब्यस, अभिभाबक, सरकारले कहिले साेच्ने?के सधै बिचरा हेडसरकाे भरमामात्र पर्खने हाे।

के तलब भत्तामात्र लगानी हाे खैत थप लगानी जसबाट बालबालिका रमाउन सकाेस, रमायर खुसिले सिकाेस, शिक्षक जागरिलाे बन्न सकाेस, पाठ्यक्रमले निर्धारण गरेका सक्षमता प्राप्त हुन सकुन । हामी सबै बदलने कसरी? खालीभाेली यसाे उसाे गर्छाैं भनेर कति कल्पनामात्र बाड्ने अब सबै बास्बिक्तामा अाेर्लने हाेकी?कति सबैले बिचरा हेड सरलाइमात्र दाेष थुपार्ने? धन्यबाद! मिति २०७७/१०/२०

-लेखक श्री आदर्श मा.वि. आठबिसकोट १४ रुकुम पश्चिमको प्र.अ. हुनुहुन्छ ।