सुनसरीमा भिम आचार्यको दायाँहात मानिने पर्शुराम यादव ओली पक्षमा प्रबेश

सुनसरी जिल्लाको सचिवालय सदस्य पर्शुराम यादव आज देखि खुलेरै ओली पक्षमा लाग्नु भएको छ।

यादव प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतको पहलमा ओली पक्षमा प्रवेश गर्नु भएको हो । श्रोतको अनुसार “उहाँ सुनसरीका नेता भिम आचार्यको दायाँहात मानिनुहुन्थ्यो” । उहाँले प्रदेश इन्चार्ज आचार्यलाई संगठन विस्तारमा निकै ठुलो सहयोग गर्दै आउनु भएको थियो ।

यादव ओली पक्षमा खुले संगै आचार्य सुनसरीको दक्षिण बेल्टमा पत्तासाप भएको आचार्य निकट कै एक नेताले बताउनु भयो । उहाँसंगै सुनसरीका अरु नेताहरु पनि ओली पक्षमा खुल्ने क्रम जारी रहने कुसियैतले बताउनु भयो ।