अहिलेको सङ्घर्ष केही व्यक्ति र पदका लागि हाेइन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले अहिलेको सङ्घर्ष केही व्यक्ति र पदका लागि नभएको प्रष्टीकरण दिएका छन् । चितवनमा भएको एक कार्यक्रममा पत्रकारसँग कुुराकानी गर्दै अहिलेको संर्घष जनताको मुक्ति र हितका लागि आन्दोलन गर्नुपरेको बताए ।

उनले सडकमा आएका जनताका आवाजलाई सुन्न आग्रह गर्दै जनताको आवाजलाई संवैधानिक निकायले पनि सुन्नुपर्ने जिकिर गरे । नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण शुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो विराएकाहरु ढिलोचाँडो आफूहरु भएकै ठाउँमा आउने बताए । अध्यक्ष प्रचण्डले चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुने समेत बताए । उनले अवैधानिक चुनाव नगर्न उनले आग्रह गर्दै प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वस्त रहन समेत आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको बताए । तर निर्वाचन चिन्हको बिषयमा भने आयोगले सूर्य चिन्ह खारेज गर्ने हल्ला सुनिए पनि त्यसो नहुने उनले जिकिर गरे । ‘निर्वाचन आयोगलाई शंका छ भने ४४१ केन्द्रीय सदस्यलाई एकएक हेरेर निर्णय गर्नुपर्छ,’ प्रचण्डले आफ्नो पक्षमा स्पस्ट रुपमा बहुमत हुनेगरी सदस्य रहेको दाबी गर्दै भने, ‘आयोगले बहुमतलाई मान्यता दिनेछ ।’ उनले आयाेग आफैँले बहुमतलाई मान्यता दिने बताइसकेको भन्दै शुुर्य चिन्ह आँफ्नो हुुने बताए ।

नेकपामा विवाद देखिएसँगै ध्रुवीकरण शुरु भएको जिकिर गर्दै अध्यक्ष दाहालले पार्टीबाट बाटो विराएकाहरु ढिलोचाँडो आफूहरु भएकै ठाउँमा आउने बताए । उनले आफ्नो समूहमा फर्कनको सूची निकै लामो रहेको दाबी गरे । उनले आफूहरु मुलुकको समृद्धिका लागि सडकमा आएको उल्लेख गर्दै समाजवादी कृषि क्रान्ति कसरी गर्ने, समाजवादी उद्योगधन्दा कसरी सञ्चालन गर्ने र समाजवादी शिक्षा कसरी तयार गर्ने भनेर आफूहरु त्यसका लागि लागि परेको दाबी गरे ।