गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु , ६ जना घाइते

गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन्।

बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको छ।

दुर्घटनामा पोखरेलको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

११ जना सवार रहेको जीपमा २ जना हाल फालेर जोगिएका थिए। उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको छ।