निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गर्न ओलीको प्रहरीलाई ठाडो निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त घटनाको दोषी पत्ता लगाएर कारबाही गर्न प्रहरीलाई ठाडो आदेश दिएका छन्।

बैतडी दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या भएको घटनामा संलग्न भएको आरोपमा सोही गाउँका १६ वर्षीय किशोर दिनेश भट्टलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।

सो घटनामा सफलता पाएकै दिन प्रधानमन्त्री ओलीले साढे दुई वर्ष अघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई ठाडो निर्देशन दिएका हुन्।

२०७५ साउन १० गते हराएकी निर्मलाको भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । तर, हालुसम्स दो’षी पक्रा’उ पर्न नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ।

यही बेला प्रधानमन्त्री ओलीको निर्मला पन्त घ’टनाको दो’षीलाई प’क्राउ गरी कारबाहीको दायरामा ल्याउन ठाडो निर्देशन आएपछि प्रहरीको आकस्मिक बैठक बसेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कञ्चनपुरका प्रहरी प्रमुखसहितको बैठक बसेको छ।