सीआईबीका २ जना अनुसन्धान अधिकृतले पाए अन्तर्राष्ट्रिय अवार्ड

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का २ जना अनुसन्धान अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।

सीआईबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुर्दशन पन्थी र नायब निरीक्षक (सई) वीरेन्द्रसिंह जोहरीले पाँचौं एसिया पर्यावरण प्रवर्तन पुरस्कार पाएका हुन् ।

उनीहरुले कुख्यात वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

कुन्जोकलाई पक्राउ गर्न निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले उनीहरुलाई अवार्ड दिएको सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले बताए ।