कसैले तपाईंको फेसबुक चलाएको त छैन? शंका लागे यो यहाँ फोन गर्नुहोस्

पछिल्लो समय साइबर अपराध बढ्दो छ। सामाजिक सञ्जाल सम्बन्धी विभिन्न उजुरीहरु प्रहरीमा पर्ने गरेका छन्।

यस्तो बेला प्रहरीले एकको आइडी अर्का व्यक्तिले चलाएउँदा पनि कतिपय घटना भइरहेको जनाएको छ।

यदि अरुले आफ्नो फेसबुक एकाउन्ट चलाएको शंका लागे तुरुन्तै प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको ०१४२१९०४४, ४२१९०४८ वा मोबाइल नम्बर ९८५१२८६७७० वा साइबर ब्युरो एटदरेट नेपालपोलिस डट जीओभी डट एनपीमा सम्पर्क गर्न प्रहरीले भनेको छ।

ब्युरोले नांगा फोटा र भिडियो पठाउन भनेर इमेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने र त्यसपछि उक्त इमेल, फेसबुकको आईडी, मेसेन्जर डिएक्टिभ गर्ने गरेको सूचना र उजुरी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।