मात्र १४० रुपैंयामा राजकुमारका छोराले बेचे १३५ कोठाको महल

एक राजकुमारका छोराले १३५ कोठाको भव्य महल मात्र १४० रुपैंयामा बेचिदिएका छन्।

झट्ट सुन्दा अनौठो लाग्ने यो सत्य घटना जर्मनीको हो। ठूलो महल यसरी बेचिदिएपछि ६६ बर्षीय राजकुमार आफ्ना ३७ बर्षीय छोरा विरुद्ध मद्धा लिएर अदालत पुगेका छन्।

जर्मन शहर हनोभरका राजकुमार अर्न्स्ट अगस्टले सन् २००० मा १३५ कोठाको मारिनबर्ग दरबार आफ्ना छोरा अर्न्स्ट अगस्ट जूनियरलाई दिएका थिए।

आफुले पाएपछि अगस्ट जूनियरले मारिनबर्ग दरबार सरकारलाई बेच्ने घोषणा गरे।

त्यस पछि उनले उक्त दरबार मात्र एक यूरोमा सरकारलाई बेचेका हुन।

उनले यति सस्तोमा बेच्नुको पछाडि पुरानो भइसकेको दरबार मर्मत गर्नका लागि २७ मिलियन युरो लाग्ने र आफूसँग त्यत्रो रकम नभएकाले बेचेको तर्क दिएका छन्।

छोराको यस्तो निर्णय विरुद्ध उनका बुबा राजकुमार रुष्ट छन्। दरबार बचाउन उनले कानुन सहायता लिदैछन्।अदालतमा छोरा विरुद्ध मुद्धा दायर गरेका छन्।

उनले आफ्ना छोरामाथि कैयौं गम्भीर आरोप लगाउँदै महल फिर्ता पाउनुपर्ने माग गरेका छन्। यो मेरिनबर्ग महलको निर्माण १८६७ मा भएको थियो। राजकुमार अगस्टले आफ्ना छोराले आफूलाई थाहा नदिइ धोका दिएर महल बेचेको बताएका छन्। एजेन्सी