‘बिग बोस सिजन –१४’ को विजेता बनिन् रुबीना दिलैक

चर्चित रियालिटी सो ‘बिग बोस सिजन –१४’ को उपाधि रुबीना दिलैकलेआफ्नो पक्षमा पार्न सफल भएकी छिन् ।

शोका सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गरेका हुन् ।विजेता भएसंगै रुबीनाले ट्रफीसहित करिव ५८ लाख रुपैयाँ धनराशि पनि पुरस्कारको रुपमा पाएकी छिन् ।

रुबीनालाई विजेताको रुपमा घोषणा गरिंदा उनका प्रशंसकहरुमा खुशीको लहर छाएको छ ।रुबीना हिन्दी धारावाहिक ‘छोटी बहू’की लोकप्रिय कलाकार हुन् ।

प्रतियोगितामा गायक राहुल वैद्य फस्ट रनर्स अप भएका छन् ।उनी इन्डिय आइडलको पहिलो सिजनमा समेत उप–विजेतामा सिमित भएका थिए ।
बिग बोसको यो सीजनमा रुबीनाका श्रीमान् अभिनव शुक्ला पनि प्रतिस्पर्धि थिए ।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहजÞाद देओल, निक्की तंबोली र एजाज खान समेत बिग बोसका प्रतिस्पर्धि थिए ।

बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए ।त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए ।बिग बोस–१४ को सीजन गत ३ अक्टोबर २०२० का दिनदेखि प्रारम्भ भएको थियो । यो सो१ सय ३८ दिनसम्म सञ्चालन भयो ।