सर्वोच्चको फैसला आउनासाथ ओलीले हिजै राजीनामा दिनुपर्ने अहिलेसम्म गर्नुभएको छैन– वामदेव

नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गरेर पार्टी एकताको लागि आव्ह्वान गर्नुपर्ने बताएका छन् ।

संसद विघटनपछि कुनै पनि पक्षमा नलागी एकता अभियान घोषणा गरेका उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला आउनासाथ ओलीले हिजै राजीनामा दिनुपर्नेमा अहिलेसम्म पनि नदिएको भन्दै असन्तुष्टि पोखे ।

‘प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ’ उपाध्यक्ष गौतमले भने,‘हिजै राजीनामा गर्नुपथ्र्यो।

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपथ्र्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन ।’

राजीनामा दिएपछि ओलीले आफूलाई सच्याउन चाहेको र एकतावद्ध भएर अघि बढ्न आह्वान गर्नुपर्ने गौतमको भनाइ छ।

‘प्रधानमन्त्रीबाट राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस् । मैले गल्ती गरेको थिए म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकतावद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ’ नेता गौतमले भने ।