महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने

महिला लघुवित्तले आइपीओ यहि फागुन १४ गते अर्थात शुक्रबार बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गले आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने जनाएको छ।

लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ।

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हुन आउँछ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन्।