आईपीओको नतिजा अब ३ ठाँउबाट मात्र हेर्न मिल्ने

सीडीएससी एन्ड क्लियरिङ लिमिटेर्डले प्राथमिक सेयर (आईपीओ)को नतिजा अब ३ ठाँउबाट मात्रै हेर्न मिल्ने जनाएको छ।यसअघि आईपीको नतिजा विभिन्न सञ्चारमाध्यमको वेवसाइटबाट पनि हेर्न मिल्थ्यो।

लगानीकर्ताको गुनासोपछि सीडीएससीले अब सम्बन्धीत कम्पनीको वेवसाइट, बिक्री प्रबन्धक तथा मेरो सेयरको वेवसाइटबाट मात्रै नतिजा हेर्न मिल्ने जनाएको छ।

नियामक निकाय धितोपत्र बोर्डको निर्देशनमा सिडिएससीले व्यक्तिगत गोपनियताको सम्मान गर्दै आईपीओको नतिजा १) सिडिएससीको मेरो शेयर २) निष्कासन व्यवस्थापक, ३) कम्पनीबाट मात्र हेर्न मिल्ने व्यवस्थाका गरेको हो।

सो निर्णय भोलि अर्थात शुक्रबारबाटै कार्यान्वयनमा आउँने छ। भोलि महिला लघुवित्तको आइपीओको बाँडफाँड हुने छ।