राँगा र मोटरसाइकल एक आपसमा ठोकिए ,एक जनाको मृत्यु

राँगा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बर्दियाको राजापुरमा मोटरसाइकल ना ६२ प ८०३९ नम्बरको मोटरसाइकल राँगासंग ठोक्किदा एक जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार गुलरिया नगरपालिका ३ का २७ बर्षीय दामोदर खनाल रहेका छन् ।

सडकमा हिडि रहेको राँगासँग बिहिबार राति राजापुर ८ भोगपुरमा एक आपसमा ठोकिक्दा घटनास्थलमै खनालको मृत्यु भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल पछाडि बसेका सुभम यादव घाइते भएको इलाका प्रहरी कार्यलय राजापुरले जनाएको छ ।