सर्वोच्चको फैसला हामीले सोचेजस्तो आएन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई पुष्पकमल दाहाल प्रचण्डले अपेक्षा विपरित भएको बताउनुभएको छ ।

आइतबार पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अपेक्षा गरे अनुसारको फैसला नआएको बताउनुभयो । उहाँले फैसला राम्रोसँग अध्ययन नगरीकन अहिले टिप्पणी गर्ने बेला नभएको पनि बताउनुभयो । ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ, फैसलाको सबै विवरण हेरेपछि मात्र टिप्पणी गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेललाई दिएसँगै पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँतिएका छन् । सर्वाेच्चले नेकपा विवादमा आज कट्टेलको पक्षमा फैसला गरेको हो ।