आमा सीता दाहालको भावुक बनाउने तस्वीर शेयर गरे छोरीहरु गंगा र रेणुले

शनिवार प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका छन्।

रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा आमा क्याप्सन लेखेर सार्वजनिक गरेका हुन् । बिरामी भएर सुतेकी आमा सीता दाहालसँग छोरी गंगाले आमा र दिदी रेणु दाहालसहित ३ जनाको ‘सेल्फी’ फोटो लिएकी हुन् ।

फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । उनकाे स्वास्थ्य अवस्था सामान्य नै रहेको बुझिएकाे छ । उनको उपचार नियमित रुपमा चलिरहेको बताइएकाे छ ।